‘कम्युनिष्टहरु कहिल्यै पनि राष्ट्रवादी हुनै सक्दैनन् ।’ नेपालको संबिधान कार्यान्वयन र राष्ट्रियताको सवालमा नेपाली काँग्रेसको भूमिका विशेषक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले प्रश्न गरे, ‘भारतलाई गाली गर्दैमा र चीनसँग टाँस्सिएर मात्र राष्ट्रवादी होइन्छ ?’
अचेल सामाजिक सञ्जाल गालीले नै रंगिएको बताउँदै उनले नेपाली काँग्रेससँग आस्थावानहरु भने सच्चा राष्ट्रभक्त भएको दावी गरे । नेपालमा विदेशी हस्तक्षेप भएको स्विकार्दै कोईरालाले राजनीतिक अस्थिरताको फाईदा उठाउँदै यस्तो हुने गरेको बताए । उनले भने,’राजनीतिक अस्थिरता भएको बेलामा बिदेशी हस्तक्षेप हुने गरेको छ । त्यसैले भूकम्पले थला परेको बेला मुलुकले नाकाबन्दीको सामना गर्नुपर्यो ।’
पार्टीमा संबिधान संसोधनकोबारे छलफल नभएको भन्दै कोईरालाले पाँच नम्बर प्रदेशलाई तराई र पहाडबाट टुक्राउन नहुने बताए ।
उनले विकेन्द्रिकरणको अन्तिम रुप नै संघीयता रहेको भन्दै नब्बे प्रतिशत जनप्रतिनिधिको सहमतिमा बनाएको संबिधान उत्कृष्ट रहेको पनि दाबी गरे । संघीयता नयाँ बिषय भएकाले मुलुकमा लागू गर्न केही अप्ठारो हुने कोइरालाको बुझाई छ ।
डा. कोइरालाले दश महिनाभित्र मुलुकमा स्थानीय, प्रदेश र संघीय गरी तीनवटै निर्बाचन गर्नुपर्ने चुनौती रहेको भन्दै सबै दलहरुले यसैमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
नेपाली जनसम्पर्क समिति डेनमार्कका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र सिंह कार्कीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा डेनमार्कस्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा काँग्रेस नेताहरु एनपी साउद, चन्द्र भण्डारी र सुरेन्द्र पाण्डेले पनि सम्बोधन गरेका थिए ।
-online khabar