Saturday, March 11, 2017

पानी परेपछि खेल रोकियो : ३६ ओभरमा नेपालको ११२ रन

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसीएलर्सी) को जारी खेल बर्षाले अवरुद्ध भएको छ कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी ३८ ओभरको खेलमा नेपालले ३६ औँ ओभरको समाप्तिमा आठ विकेटको क्षतिमा ११२ रन बनाएको छ।

कीर्तिपुर मैदानमा जारी खेलमा, सुनिल धमला ३ रन र ज्ञानेन्द्र मल्ल २७ रनमा बोल्ड आउट, सागर पुन १० रन बनाएर आउट भए । त्यसैगरी शरद भेषवाकर तीन रनमै आउट, विनोद भण्डारी चार रनमै बोल्ट आउट भए भने मेहेबुब आलम दुई रनमै आउट भए ।
त्यसैगरी ५६ बलमा १९ रन बनाएर दीपेन्द्र ऐरी आउट भएका छन्। भने आठौ विकेटका रुपमा बसन्त रेग्मी ६ रन बनाउदै आउट भएका हुन् । बर्षाका कारण खेल पटकपटक अवरुद्ध हुँदै आएको छ । अन्तिम समयमा भने क्रिजमा शक्ति गौचन र सोमपाल कामी जमेका छन् । नेपाली टिमलाई दर्शकको उत्साह भने उत्तिकै रहेको छ।
-annapurna post

Write Comment Below: