बन्द आह्वानका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । ‘विप्लव’ माओवादीले बन्द सफल बनाउन शनिबार बिहानै कार्यकर्ता सडकमा उतारेको छ ।
बन्द गराउन हिँडेका सो पार्टीका दर्जन बढी नेता तथा कार्यकर्तालाई प्रहरीले राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।
प्रहरीले बाँके–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष खड्का, विद्यार्थी नेता उषा किरणलगायतलाई नियन्त्रणमा लिएको छ ।
बन्दको अवज्ञा गरेर सवारी साधन चलाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बिहानै राजधानीका विभिन्न स्थानमा तीन वटा गाडीमा तोडफोड गरेर क्षति पुगाइ दिएका छन् ।
बन्दकर्ताले नयाँबानेश्वर, कलंकी र गोंगबुमा भारतीय नम्बर प्लेटका सवारी साधनमा आक्रमण गरी क्षति पुगाइ दिएका छन् । बन्दकर्ताको आक्रमणबाट गाडीमा क्षति भएको प्रहरीले जनाएको छ ।
-dainik nepal