Friday, March 10, 2017

बल्ल झुक्यो भारत, कञ्चनपुर घटना भारतले छानविन शुरु

काठमाडौं, २७ फागुन । नेपालका लागि भारतीय राजदूत विनयकुमारले परराष्ट्र मन्त्रालयका सचिव शंकर दास वैरागीसँग भेट गरेर कञ्चनपुर जिल्लामा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनाका विषयमा भारतले छानविन शुरु गरेको पनि जनाएका छन् ।

लैनचौरस्थित भारतीय राजदूतावासले शुक्रबार प्रेस नोट जारी गरेर कञ्चनपुर जिल्लाको लखिमपुर केरीमा भएको घटना र त्यसबाट नेपाली नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गरेको हो । विनयकुमारले शुक्रबार बिहान परराष्ट्रसचिव वैरागीसँग भेट गरेका हुन् ।

कार्यबाहक राजदूत विनयकुमारले घटनाका विषयमा भारतीय सरकारले छानविन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको र सो घटनाका विषयमा आवश्यक प्रमाणहरू उपलब्ध गराइ सहयोग गर्न परराष्ट्र सचिव वैरागीसँग आग्रह गरेको प्रेस नोटमा उल्लेख छ ।
कञ्चनपुर जिल्लाको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी एसएसबीको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको निधनसँगै चौतर्फी विरोध शुरु भएको छ । बिरोध शुरु भएपछि भारतीय पक्षले घटनाको छानविन भइरहेको जनाएको हो ।

नेपाली भूमिभित्र प्रवेश गरेर एसएसबीले गोली प्रहारगरेर गोविन्द गौतमको हत्या गरेको बिरोधमा सुदूरपश्चिमाञ्चल बन्द भएको छ । संसदमा पनि सांसदहरूले भारतको चर्को विरोध गरेका छन् ।

……

Cd’A Mr Vinay Kumar met Foreign Secretary Mr Shankar Das Bairagi this morning and conveyed condolences on the loss of life of a Nepali citizen yesterday. He informed Mr Bairagi of the decision to initiate an enquiry on the incident at the border of the Lakhimpur Kheri – Kanchanpur districts and requested that the Nepalese side may share post-mortem and forensic reports to facilitate the enquiry process. He further said that the district authorities should maintain close and regular contacts and ensure peace and order in the area.

Write Comment Below: