Friday, March 10, 2017

कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले फेरि गोली चलाए, नेपाली महिलालाई नांगै बनाएर फर्काए

काठमाडौं, २७ फागुन । हिजो नेपाली नागरिक गोविन्द गौतमको गोली हानेर हत्या गरेको भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले कञ्चनपुरको पुनर्वासमा शुक्रबार अपराह्न फेरि नेपालीमाथि गोली चलाएको छ ।

घटनास्थलमा रहेका पत्रकार हरिशचन्द्र बागका अनुसार शुक्रबार अपरान्ह एसएसबीले नेपालीमाथि ४० पटकभन्दा बढी राउन्ड हवाई फायर गरेको हो । घटनास्थलमा तीन हजार भन्दा बढी नेपाली जनता राष्ट्रिय झण्डा बोकेर उपस्थिती छन् ।

नेपाली महिलालाई नांगै बनाएर फर्काए
पत्रकार बागका अनुसार आज विहान घाँस काट्न भारतीय भूमि गएका (उनीहरु सधै त्यहाँ घाँस काट्न जान्थे) चार महिलालाई भारतीय पक्षले नांगै पारेर नेपाल फर्काएपछि पुनर्वासस्थित आनन्दबजारमा थप तनाव बढेको छ । महिलामाथि भारतीय पक्षले गरेको दुर्व्यवहारविरुद्ध प्रतिकारमा उत्रिदा एसएसबीले आजपनि हवाई फायर गरेको हो ।
विहान पारी गएर घाँस काटिरहेका बेला भारतीय पक्षले उनीहरुका शरीरका सबै कपडा च्यातेर नांगै बनाई फिर्ता पठाएका थिए । वारी आइसकेपछि केही महिलाले देखेर उनीहरुलाई आफ्नो कपडा लगाइदिएर घर ल्याएका थिए ।

महिलालाई नाङ्गै बनाउने र नेपालीमाथि आक्रमण नरोकिदासमेत नेपाली सुरक्षाकर्मी मूकदर्शक बनेको भन्दै स्थानीयबासी आक्रोशित बनेका छन् ।

यसैबीच कैलालीसँग जोडिएको गौरीफन्टा नाकामा नेपाल र भारतका अधिकारी (सिडिओ) स्तरमा वार्ता भइरहेको छ ।

-Dainik Nepal

Write Comment Below: