१.आँखा तल्लो भागमा देखिने कालो घेरालाई हटाउनको लागि
दुई चम्चा चामलको पिठोमा पाकेको केरा वा एक चम्चा ब
दामको तेल राखेर फिट्ने । तयार भएको पेष्टलाई कालो घेरा लगाउने । यस्तो प्रक्रिया दिनहुँ गर्नाले समस्या समाधान हुन्छ ।
२. कालो दाग र मुसा आउने समस्याको लागि उपयोगी
चामलको पिठोमा एक चम्चा मह र ध्युकुमारीको जेल मिलाएर पेष्ट बनाउने । उक्त पेष्टलाई प्रभावित ठाउँमा लगाउने गर्नाले कालो दाग र आएको मुसा हराएर जान्छ ।
३. घामले डढेको छालाको कालो धब्बालाई हटाउन मद्दतगार
एक चम्चा चामलको पिठोमा कागतीका रस मिलाएर पेष्ट बनाउने । तयारी पेष्टलाई डढेको छालामा लगाएर सुस्क दिने र सुकिसकेपछि हल्का मनतातो पानीले धुने गर्नुपर्दछ ।
४. अनुहारमा देखिने बुढौलिपन हटाउनको लागि
चामलको पिठो जवान देखिने एक राम्रो सामाग्री हो । अनुहारमा कम उमेरमै बुढौलिपन देखिने नदिनको लागि अण्डामा चामलको पिठो मिलाएर त्यसमो दुई थोपा ग्लिसरीन राख्ने । यसरी तयार भएको प्याकलाई अनुहारमा लगाउने र सुकेपछि मनतातो पानीले धुने गर्दा अनुहारमा चमक आउनुको साथै जवान पनि देखिन्छ ।
