सीमा नाका गड्डाचौकी, दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी, पुनर्वासलगायतका सीमा नाकाबाट सवारी साधन आवागमनमा रोक लगाइएको स्थानीयले बताएका छन् ।
बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका ८ को सीमावर्ती क्षेत्र आनन्द बजारमा कल्भर्टको विषयमा स्थानीयले गरेको प्रदर्शनमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक जना नेपालीको मृत्यु भएपछि यस्तो परिस्थिती सिर्जना भएको स्थानीय प्रशासनले जनाएको छ ।
घटनाबाट आक्रोशित विभिन्न दल र भ्रातृ संगठनले बिहीबार साँझ घटनाविरुद्ध विरोध र्याली समेत निकालेका थिए भने भारतीय नम्बरप्लेटको एउटा मोटरसाईकलमा आगजनी र चारवटा सवारी साधन तोडफोड गरेका थिए ।
सीमा क्षेत्रबाट भारत प्रवेश नगर्न नेपाली सवारीसाधनलाई पनि प्रहरीले आग्रह गरेको छ ।
-Dainik Nepal