सामाग्रीहरु
१) कागती
२) थोरै नुन
३) चामलको पिठो
४) मह
बनाउने बिधि
पहिलो चरण – सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस ।
दोस्रो चरण – यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ ।
यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले मुख धुनुहोस । र अनुहारलाई सुक्खा हुन दिनुहोस । अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् । यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ ।एजेन्सीको सहयोगमा
-Purbeli News