Wednesday, March 8, 2017

एमालेले थाल्यो भण्डाफोर अभियान, ओलीले अभियानको शुरुवात गर्दै

काठमाडौं, २६ फागुन । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले सप्तरीको राजविराज घटनाका विषयमा भण्डाफोर अभियान आजदेखि शुरु गर्ने भएको छ ।

राजविराज घटनाको भण्डाफोर अभियान चलाउने घोषणा गरिसकेको एमालेले काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसमा आज विशेष कार्यक्रम राखेको छ ।

राजधानीका अगुवा नेता तथा कार्यकर्ताको विशेष भेला बोलाएको एमालेका शीर्ष नेताहरूले राजविराजको घटनाका विषयमा जानकारी दिइनेछ ।

एमालेका सचिव योगश भट्टराईका अनुसार रामशाहपथस्थित एक पार्टी प्यालेसमा हुने अगुवा कार्यकर्ता भेलामा अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरूले घटनाका विषयमा जानकारी दिने छन् ।

एमालेले राजविराज घटनापछि आफ्नो कार्यक्रमलाई तीन दिन रोकेको थियो । फागुन २७ गते शुक्रबारदेखि एमालेले हेटौँडाबाट मेची महाकाली राष्ट्रिय अभियान चलाउँदैछ ।
-dainik Nepal

Write Comment Below: