एमाले विदेश विभाग सदस्य गोपाल खनालका अनुसार एमालेले सञ्चालन गरेको मेची–महाकाली अभियानका क्रममा सप्तरीमा चारजनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिबारे एमालेले अन्तराष्ट्रिय समुदायलाई ब्रिफिङ गर्न लागेको हो ।
‘सप्तरी घटना र त्यसपछि मधेसी मोर्चाले देखाएको अराजकता र त्यसले उत्पन्न परिस्थितीबारे हाम्रा शीर्ष नेताहरुले आज साँझ नेपालस्थित कुटनीतिक नियोगलाई जानकारी गराउनुहुनेछ,’ उनले भने ।
साँझ पाँच बजे होटल याक एण्ड यतीमा एमाले अध्यक्ष केपी शर्मा ओली र विदेश विभाग प्रमुख रहेका बरिष्ठ नेता माधवकुमार नेपालले कुटनीतिक समुदायलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको विदेश विभाग सदस्य खनालले जानकारी दिए ।
कुटनीतिक समुदायलाई ब्रिफिङ लगत्तै एमालेले अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई पनि समसामयिक परिस्थितिबारे जानकारी दिने कार्यक्रम छ ।
-dainik nepal