Thursday, March 9, 2017

कञ्चनपुर घटनापछि आयो भारतको यस्तो प्रतिक्रिया

भारतले भन्यो– ‘कञ्चनपुर घटनामा एसएसबीले गोली चलाएको होइन’
काठमाडौं, २६ फागुन । भारतले कञ्चनपुरको पुनर्वासस्थित आनन्दबजारमा एकजना नेपाली मारिनेगरी भएको घटनामा आफ्ना सुरक्षाकर्मीले गोली नचलाएको दाबी गरेको छ ।

काठमाडौंस्थित भारतीय राजदूताबासले विहिबार दिउँसो एक विज्ञप्ति जारी गर्दै कञ्चनपुरको आनन्दबजारमा भएको झडपमा सीमा सुरक्षा बल (एसएसबी)ले गोली नचलाएको दाबी गरेको हो ।

भारतीय हस्तक्षेपविरुद्ध विहिबार विहान प्रतिकारमा उत्रिदा भारतीय प्रहरीको गोली लागेर पुनर्वास ८ माछापच्छ्रे टोलका गोविन्द गौतमको मृत्यु भएको थियो ।

Write Comment Below: