अप्रिय घटना घट्न नदिन नेपाल प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ। उता भारतीय प्रहरीहरु सीमा क्षेत्रमा अलर्ट भएर बसेका छन्।
अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ। उता भारतीय प्रहरीहरु सीमा क्षेत्रमा अलर्ट भएर बसेका छन्। सम्भावित घटनाको मध्यनजर गर्दै भारतीय प्रहरीहरु गौरीफन्टा नाकासहितका सीमा क्षेत्रका अलर्ट अवस्थामा रहेको बताइएको छ।
बिहीबार पुनर्वास–८, आनन्दबजारनजिक सीमामा निर्माणाधीन कल्भर्टबारे विवाद हुँदा भारतीय प्रहरीको गोली लागेर ३० वर्षीय गोविन्द गौतमको निधन भएको थियो। भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा घुसेर नेपालीमाथि गोली चलाएका थिए।
भारतीय सुरक्षाकर्मीको गोलीबाट ६ जना घाइते छन्। बुधबार राित एसएसबीका जवान सीमावरि आएर नेपालीलाई कुटपिट गरेका थिए। नेपालीको विरोधको दमनमा उत्रिएका स्थानीयलाई भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमै आएर गोली चलाएका थिए। भारतीय सुरक्षाकर्मीको गोलीबाट स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो।
भारतीय सुरक्षाकर्मीको गोली लागेका सुरेश थापा गम्भीर घाइते छन्। गम्भीर घाइते उनको सेती अस्पतालमा उपचार भइरहेको छ।
-Nagarik News