कार्यक्रम स्थलमा ६ वटा ठूला माइक फिट गरेर बाहुन,क्षेत्रीलाइ गाली गलौच गरेपछि कार्यक्रम झडपको अबस्थामा पुगेको हो ।
भाषणबाजी भएपछि स्थानीयले सो कार्यक्रम बिथोलेका हुन् । कार्यक्रम स्थलमा तोडफोड भएको छ झडपका क्रममा एक नीजि कारमा पनि तोडफोड भएको स्थानीय अगुवा निर्मल ढुंगानाले नागरिक आवाजलाइ बताए ।
कार्यक्रम स्थलमा देबदहका डुंगामुढा भएको थियो भने कुर्चि ,टेन्ट,ब्यानर पर्चा सबै स्थानीयले च्यातिदिएका थिए । प्रहरीको बाक्लो उपस्थितीका कारण ठूलो मानबिय क्षति भने हुन पाएन ।
प्रहरीले निकै संयमता अपनाएको देबदहकी संचारकर्मी मिना पौडेलले बताइन् ।कार्यक्रम संयोजक अमर बहादुर गगुरुङले भने अरुलाइ हेप्ने र जातीय द्वन्द्व फैलाउन कार्यक्रम नगरिएको बताए ।
Source: nagarik aawaj