राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा सरकारमा सहभागी हुने भएपछि मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार राप्रपा अध्यक्ष थापाले आज साँझ साढे ६ बजे उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको सपथ लिने कार्यक्रम छ ।
त्यस्तै, राप्रपाबाट बिहीबार नै नेता दीलनाथ गिरीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको सपथ लिँदैछन् । राप्रपाबाट यसअघि नै दीपक बोहरा आपूर्ति मन्त्री छन् भने विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्था मन्त्री छन् ।
मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको निर्णयलाई संविधान संशोधनका लागि दुई तिहाई बहुमत पुर्याउने योजनाको रुपमा लिइएको छ ।
-dainik nepal