मेची-महाकाली अभियान छाडेर अचानक किन काठमाडौं फर्किए ओली ?
बालुवाटारमा प्रधानमन्त्रीसँग ४५ मिनेट वार्ता
काठमाडौं, ३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मेची महाकाली अभियानअन्तर्गत कपिलवस्तुको जीतपुरमा आयोजित आमसभा छाडेर काठमाडौं फर्किएका छन् ।
आगामी बैशाख ३१ गते तोकिएको स्थानीय निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि ओली काठमाडौं फर्किएको स्रोतले बतायो । एमाले अध्यक्ष ओली नेपालगञ्जमा आयोजित आमसभामा उपस्थित हुनेछन् ।
बालुवाटारमा प्रधानमन्त्रीसँग ४५ मिनेट भेटवार्ता
यसैबीच मेची–महाकाली अभियानको यात्राको बीचबाटै अकस्मात काठमाडौं फर्किएका एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डसँग झण्डै ४५ मिनेट वार्ता गरेका छन् । प्रचण्ड र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रचण्ड र ओलीबीच संविधान संशोधन, स्थानीय तहको निर्वाचनलगायत समयसामयिक विषयमा लामो छलफल भएको जानकारी दिए ।
आचार्यका अनुसार प्रधानमन्त्रीले मधेसी र जनजातिका असन्तुष्टि सम्बोधन गर्न सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै सहयोग गर्न ओलीलाई आग्रह गरेका थिए । जवाफमा ओलीले पूरानै अडान दोहोर्याउँदै कुनै हालतमा संविधान संशोधन प्रस्ताव पारित हुन नदिने बताए । तर, निर्वाचनका लागि चाहिने सबै सहयोग गर्न आफू तयार रहेको उनको भनार्इ थियो ।
-Dainik Nepal